आइपिएलको छैटौं खेलमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदै - Khel Sarokar

आइपिएलको छैटौं खेलमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदै

Khel Sarokar

खेल सरोकार

आइपिएलको छैटौं खेलमा लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को छैटौं खेलमा आज लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

लखनऊ सुपर जायन्ट्सको कप्तानी लोकेश राहुलले गर्दै छन् भने चेन्नई सुपर किंग्सको कप्तानी महेन्द्रसिंह धोनीले गर्दै छन् ।

चेन्नई सुपर किंग्सले घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पहिलो जित निकाल्ने येजनामा हुनेछ भने लखनऊ सुपर जायन्ट्स उच्च प्रदर्शनका साथ लगातार दोस्रो जित निकाल्ने येजनामा हुनेछ ।

पहिलो खेलमा चेन्नई सुपर किंग्स गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो भने लखनऊ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।

लखनऊ सुपर जायन्ट्सको टोलीमा केएल राहुल, काइल मेयर्स, निकोलस पूरन, दीपक हुडा, मार्कस स्टोइनिस, आयुष बडोनी, क्रुणाल पाण्ड्या, मार्क वुड, रवि बिश्नोई, आवेश खान र कृष्णप्पा गौतम रहेका छन् ।

चेन्नई सुपर किंग्सको टोलीमा महेन्द्र सिंह धोनी, डेभोन कोनवे, ऋतुराज गायकवाड, बेन स्टोक्स, अम्बाती रायडु, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, मिचेल सान्टनर, दीपक चाहर र राजवर्धन हंगेरगेकर रहेका छन् ।

लखनऊ र चेन्नईबीच एकमात्रै खेल भएको छ । गतवर्ष लखनऊले चेन्नईलाई ६ विकेटले हराएको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया