तीन बलमा तीन रन आउट : मुम्बईद्वारा दिल्लीको अपराजित यात्रामा पूर्णविराम - Khel Sarokar

तीन बलमा तीन रन आउट : मुम्बईद्वारा दिल्लीको अपराजित यात्रामा पूर्णविराम

Khel Sarokar

खेल सरोकार

तीन बलमा तीन रन आउट : मुम्बईद्वारा दिल्लीको अपराजित यात्रामा पूर्णविराम

इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा पहिलो पटक एकै ओभरमा तीन रन आउटको हैट्रिक भएको छ। यो अभूतपूर्व घटना मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीचको खेलमा घटेको हो, जहाँ जास्प्रित बुमराहको ओभरमा मुम्बईले दिल्लीलाई हराउँदै अपराजित यात्रालाई पूर्ण विराम लगाइदिएको छ। 

टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनायो। ओपनर रोहित शर्मा १८ रनमा आउट भएपछि रायन रिक्लट्नले ४१ रन जोडे। सूर्यकुमार यादव (४०) र तिलक वर्मा (५९) ले ६० रनको साझेदारी गरेर मुम्बईलाई मजबुत बनाए। तिलकले ३३ बलमा ६ चौका, ३ छक्का हान्दै अर्धशतक पुरा गरे। नमन धिरले १७ बलमा ३८ रन बनाएर इनिङ्सलाई चुलियो बनाए। दिल्लीका बलरमा विपराज निगम र कुलदीप यादवले २–२ विकेट लिए।

दिल्लीले २०६ रनको लक्ष्य पछ्याउँदै १९ ओभरमा सबै विकेट गुमाएर १९३ रनमा सिमित भयो। अभिषेक पोरेल (३२) र करुण नायर (८९) ले दोस्रो विकेटमा ११९ रनको शानदार साझेदारी गरे। नायरले ४० बलमा १२ चौका, ५ छक्का हान्दै दिल्लीलाई जित नजिक पुर्याए। तर, अन्तिम समयमा ब्याटिङ क्रमले साथ दिएन। केएल राहुल (१५), आशुतोष शर्मा (१७), विपराज निगम (१४) ले रन बनाए तर अन्य खेलाडीहरू दोहोरो अंकमा पनि पुग्न सकेनन्। अन्तिम ओभरमा ३ खेलाडी रनआउट भएर दिल्लीको हार निश्चित भयो।

मुम्बईका गोलर करन शर्माले ३ विकेट लिए भने मिचेल सान्टनेरले २ विकेट झटके। दीपक चाहर र जसप्रीत बुमराहले १–१ विकेट लिएर दिल्लीको रन चेस रोके।

यस जितसँगै मुम्बईले ६ खेलमा ४ अंक जोडेर सातौं स्थानमा पुग्यो। दिल्ली ५ खेलमा ८ अंक लिई दोस्रो स्थानमा छ ।

 

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया