काठमाडौं – सिद्धार्थ बैंक नेपालको मुख्य प्रायोजकत्वमा हुने नेपाल प्रिमियर लिग (NPL) सिजन २ का लागि पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ। नसेलद्वारा संचालित यो घरेलु टी–२० क्रिकेट लिग नोभेम्बर १७, सोमवारबाट सुरु हुँदै डिसेम्बर १३, शनिबार भव्य ग्रान्ड फिनालेसँग सम्पन्न हुनेछ।
यो सिजनमा जनकपुर बोल्ट्स, काठमाण्डु गोर्खाज, कर्णाली याक्स, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स गरी ८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
सुरुवाती खेल
सिजनको पहिलो दिन जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच ४:०० बजे प्रतिस्पर्धा हुनेछ। पछि लगातार दैनिक दुई खेलका दरले लिग चरण सञ्चालन हुनेछ।
मुख्य आकर्षण
नोभेम्बर २२ मा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहानै ११:१५ मा हुने भिडन्त चर्चित मानिएको छ।
नोभेम्बर २७ देखि लिग अझ प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ, जहाँ शीर्ष चार टोली प्लेअफका लागि संघर्ष गर्नेछन्।
डिसेम्बर ९ मा ‘क्वालिफायर १’ खेल १st र २nd स्थानका बीच हुनेछ।
डिसेम्बर १० मा ‘एलिमिनेटर’ ३rd र ४th स्थानका बीच।
डिसेम्बर ११ मा ‘क्वालिफायर २’, जसले फाइनल विपक्षी टिम तय गर्नेछ।
ग्रान्ड फिनाले
प्रतिक्षित ग्रान्ड फिनाले डिसेम्बर १३, शनिबार ३:३० बजे आयोजना हुनेछ। आयोजकका अनुसार स्टेडियममा ठूलो संख्यामा दर्शक उपस्थिति रहने अनुमान गरिएको छ।
नेपाल क्रिकेटमा उत्साह र लोकप्रियता बढ्दै गएको समयमा NPL सिजन २ ले नयाँ प्रतिभाहरू देखिने र उच्च स्तरीय प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया