आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुदै - Khel Sarokar

आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुदै

Khel Sarokar

खेल सरोकार

आइपिएलमा आज रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुदै

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार राति ७ः४५ देखि सुरु हुनेछ । 

रोयल च्यालेन्जर्स बैंग्लोरले घरेलु मैदानको फाइदा उठाउँदै पहिलो खेलमा मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको थियो । दोस्रो खेलमा बैंग्लोरले कोलकाता नाइट राइडर्सविरुद्ध ८१ रनले पराजित भएको थियो ।

लखनउले तीन खेल खेल्दा दुई खेल जित र एक खेलमा हार बेहोरेको छ । पहिलो खेलमा दिल्लीलाई ५० रनले हराएको थियो ।दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग १२ रनले पराजित भएको लखनउले तेस्रो म्याचमा सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको थियो ।

बैंग्लोरको टोलीमा फाफ डु प्लेसिस, विराट कोहली, माइकल ब्रेसवेल, वानिन्दु हसरंगा, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक, शाहबाज अहमद, हर्षल पटेल, डेविड विली, मोहम्मद सिराज, कर्ण शर्मा र आकाश दीप रहेका छन् ।

इम्प्याक्ट प्लेयरमा अनुज रावत, महिपाल लोमर र सुयश प्रभुदेसाई रहेका छन् ।

लखनउको टोलीमा केएल राहुल, कायल मेयर्स, मार्कस स्टोइनिस, दीपक हूडा, रोमारियो शेफर्ड, मार्क वुड, क्विन्टन डी कक, कृणाल पाण्ड्या, अमित मिश्रा, यश ठाकुर, जयदेव उनादकट र रवि बिश्नोई रहेका छन् ।

इम्प्याक्ट प्लेयरमा कृष्णप्पा गौतम, आयुष बदोनी र आवेश खान रहेका छन् ।

बैंग्लोरसँगको दुवै खेलमा लखनउ पराजित भएको छ । गत वर्ष खेलिएको दुई म्याचमा बैंग्लोरविरुद्ध लखनउले १८ र १४ रनको हार बेहोरेको थियो ।

हिजो भएको खेलमा हैदरावादले पञ्जावलाई र कोलकाताले गुजरातलाई हराएका छन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया