दिल्ली अपराजित, हैदरावादको दोस्रो हार - Khel Sarokar

दिल्ली अपराजित, हैदरावादको दोस्रो हार

Khel Sarokar

खेल सरोकार

दिल्ली अपराजित, हैदरावादको दोस्रो हार

सनराइजर्स हैदरावादलाई पराजित गर्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ।आइतबार सम्पन्न खेलमा दिल्ली सात विकेटले विजयी भएको हो। जितसँगै दिल्लीले दुई खेलबाट चार अंक पुर्‍याएको छ। हैदरावादको भने यो लगातार दोस्रो हार हो। तीन खेल खेलिसकेको हैदरावादको दुई अंक छ।

सनराइजर्सले दिएको १६४ रनको लक्ष्य पछाएको दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

दिल्लीका लागि फाफ डु प्लेसिसले ५० रन बनाएका थिए भने जाक फ्रासर म्याकगर्कले ३८, अविशेक पोरेलले अविजित ३४ रन र ट्रीसटनले २१ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर जिशान अन्सारीले ३ विकेट लिएका थिए।

यसअघि टस जितेर सनराइजर्सले १८.४ ओभरमा अल आउट हुदै १६३ रन बनाएको थियो। सनराइजर्सका लागि अंकित वर्माले ७४ रन बनाएका थिए भने हेइनरीच क्लासेनले ३२ र ट्राभिस हेडले २२ रन बनाएका थिए।

त्यस्तै दिल्लीका बलर मिचेल स्टार्कले ५ विकेट लिएका थिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया