आइपिएलको आठौं खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा - Khel Sarokar

आइपिएलको आठौं खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा

Khel Sarokar

खेल सरोकार

आइपिएलको आठौं खेलमा राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा

भारतमा जारी १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को आठौं खेलमा आज राजस्थान रोयल्स र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा  हुनेछ भने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

दुबै टोली लगातार दोस्रो जितको सोचमा हुनेछन् ।

पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादमाथि ७२ रनको सहज जित हात पारेको थियो ।

पन्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ रनले हराएको थियो । राजस्थानको सञ्जु स्यामसन र पन्जाबको शिखर धवनले कप्तानी गर्नेछन् ।

राजस्थान रोयल्सको टोलीमा सन्जु स्यामसन, जस बटलर, प्रसिद्ध कृष्ण, शिम्रन हेटमायर, ट्रेन्ट बोल्ट, देवदत्त पाडिक्कल, युजभेन्द्र चहल, जेशन होल्डर रविचन्द्रन आश्विन, यशस्वी जैसवाल, रियान पराग, नवदीप सैनी, एडम जाम्पा, जो रुट, ओबेद म्याककोय, डोनोभान फेरेरा, केएम आसिफ, केसी चरिप्पा, कुलदीप सेन, ध्रुब जुरेल, कुलदीप यादव, अब्दुल बसिथ, कुनाल सिंह राठोर, मुरुगन आश्विन र आकाश वशिष्ठ रहेका छन् ।

पन्जाब किंग्सको टोलीमा शाहरुख खान, ऋषि धवन, बलतेज ढण्डा, अथर्व तायडे, शिखर धवन, भानुका राजपाक्षे, प्रभसिमरन सिंह, जितेश शर्मा, अर्शदीप सिंह, कागिसो रबाडा, राहुल चाहर, नाथन एलिस, लियाम लिभिङस्टोन र म्याथ्यु शर्ट रहेका छन् ।

हालसम्म आइपिएलमा पञ्जाब र राजस्थानले २४ खेलमा एकअर्काको सामना गरेका छन् । जसमा राजस्थानले १४ र पञ्जाबले १० खेलमा जित निकालेका छन् ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया