आईपीएलमा आज पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदै - Khel Sarokar

आईपीएलमा आज पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदै

Khel Sarokar

खेल सरोकार

आईपीएलमा आज पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदै

१६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको खेल मोहालीमा नेपाली समयअनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।
जारी लिगमा पञ्जाबले ७ मध्ये ४ खेलमा जित र ३ खेलमा पराजित भएको छ । पञ्जाब ८ अंकसहित छैटौ स्थानमा रहेको छ । 
लखनउ सुपर जायन्ट्सले ४ खेलमा जित र ३ खेलमा पराजित भएको छ । लखनउ भने चौथो स्थानमा रहेको छ ।
यसैबीच, बिहीबार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले पराजित गर्दै राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ । 
बिहीबार राति २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । चेन्नईका लागि शिवम दुबेले ५२ रन बनाए । राजस्थानका एडम जम्पाले सर्वाधिक ३ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेट गुमाएर २ सय २ रन बनायो । यश्स्वी जैसवालले ७७ रन बनाए ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया