आइपिएलकाे पाचौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै - Khel Sarokar

आइपिएलकाे पाचौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै

Khel Sarokar

खेल सरोकार

आइपिएलकाे पाचौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदै

आजै हुने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पाचौं खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुदैछ । यी दुई टोलीबीचको खेल बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा हुनेछ भने खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि सुरु हुनेछ ।

हालसम्म मुम्बई र बैंगलोरले एकअर्का विरुद्ध ३० खेल खेलिसेकेका छन् । जसमा मुम्बईले १७ र बैंगलोरले १३ खेल जितेका छन् ।

अहिलेसम्म मुम्बई इण्डियन्सले पाँचपटक आइपिएलको उपाधि जितेको छ भने रोयल च्यालेन्जर्स बैंगलोर तीनपटक फाइनलमा पुग्दा समेत उपाधि जित्न सकेको छैन ।

पछिल्ला दुईवटा सिजनमा बैंग्लुरुले मुम्बईलाई लगातार तीनचोटि हराएको छ ।

रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी फाफ डु प्लेसिसले गर्दै छन् भने मुम्बई इण्डियन्सको कप्तानी रोहित शर्माले गर्दै छन् ।

मुम्बई इण्डियन्सको टोलीमा रोहित शर्मा, सन्दीप वारियर, सूर्यकुमार यादव, इशान किशन, देवाल्ड ब्रेभिस, तिलक वर्मा, जोफ्रा आर्चर, टिम डेभिड, मोहम्मद अरशद खान, रमनदीप सिंह, ऋतिक शोकिन, अर्जुन तेन्दुलकर, ट्रिस्टन स्टब्स, कुमार कार्तिकेय, जेसन बेहरेनडोर्फ, आकाश माधवाल, आकाश माधवाल, ग्रीन, झ्ये रिचर्डसन, पियुष चावला, दुआन जेन्सेन, विष्णु विनोद, शम्स मुलानी, नेहल वढेरा र राघव गोयल रहेका छन् ।

रोयल च्यालेन्जर्स बैंगलोरको टोलीमा फाफ डु प्लेसिस, विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, हर्षल पटेल, वानिन्दु हसरंगा, दिनेश कार्तिक, शाहबाज अहमद, रजत पाटीदार, अनुज रावत, आकाश दीप, जोश हेजलवुड, महिपाल लोमर, फिन एलन, सुयश प्रभुदेसाई, फिन एलन, सुयश कार्तिक, शर्मा, सिन्धुली कौल, डेभिड विली, रिस टोपले, हिमांशु शर्मा, मनोज भंडागे, राजन कुमार, अविनाश सिंह, सोनू यादव र माइकल ब्रेसवेल रहेका छन् ।

मुम्बई इण्डियन्स लिगको सबैभन्दा सफल टिम हो । उसले आइपिएलको ५ पटक उपाधि जितेको छ र टोली ९ पटक प्लेअफमा पुगेको छ भने ६ पटक फाइनल खेल खेलेको छ ।

गत सिजन मुम्बई इण्डियन्सले खराब प्रदर्शन गर्दै १० औँ नम्बरमा सीमित भएको थियो । रोयल च्यालेन्जर्स  बैंगलोर गत सिजन क्वालिफायरसम्म मात्र पुगेको थियो ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया