पञ्जाबले आईपीएलमा छैटौं पटक २००+ स्कोरको लक्ष्य पछ्यायो - Khel Sarokar

पञ्जाबले आईपीएलमा छैटौं पटक २००+ स्कोरको लक्ष्य पछ्यायो

Khel Sarokar

खेल सरोकार

पञ्जाबले आईपीएलमा छैटौं पटक २००+ स्कोरको लक्ष्य पछ्यायो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । बिहीबार अहमदाबादमा टाइटन्सले टस जितेर पहिले ब्याटिङ गरेको २० ओभरमा १९९ रन बनाएको थियो । पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

जब कप्तान शिखर धवन आईपीएलमा कीर्तिमानी ४० औं पटक बोल्ड भए । साई सुदर्शन १७ इनिङ्सपछि लिगमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेका छन् । गुजरातका फिल्डरहरूले महत्त्वपूर्ण क्षणहरूमा क्याच छोडे, जसका कारण उनीहरूले परिणाम भोग्नुपरेको थियो र टोलीले खेल गुमाएको थियो। डीआरएस लिएका कारण ऋद्धिमान साह नटआउट रहे तर उनले त्यसको खासै फाइदा लिन सकेनन् ।

आईपीएलको १७ औं सिजनमा ३ सय छक्का पूरा भएको छ । गुजरात र पञ्जाबबीचको १७औं खेलमा सिजनको ३०० औं छक्का प्रहार भएको थियो, जुन प्रतियोगिताको १७ सिजनमा सबैभन्दा छिटो छ। यस पटक ३ सय ७३ बलमा ३ सय छक्का प्रहार गरिएको छ भने २०१८ सिजनमा ४५७८ बलपछि ३ सय छक्का प्रहार भएको छ ।

IPL POINTS TABLE

Teams Matches Won Lost Tied NR Points NRR
Rajasthan Royals 3 3 0 0 0 6 +2.403
Punjab Kings 3 2 0 0 1 5 +0.637
Royal Challengers Bangalore 2 2 0 0 0 4 +2.501
Delhi Capitals 3 2 1 0 0 4 +0.811
Lucknow Super Giants 3 2 1 0 0 4 -0.359
Sunrisers Hyderabad 3 1 2 0 0 2 +0.275
Gujarat Titans 3 1 2 0 0 2 -0.270
Mumbai Indians 3 1 2 0 0 2 -0.715
Kolkata Knight Riders 4 0 3 0 1 1 -1.315
Chennai Super Kings 3 0 3 0 0 0 -2.517

प्रतिक्रिया