सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज मंगलबार तीन खेलहरू हुँदै छन् ।
पहिलो खेल जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ । जावलाखेल र फ्रेन्ड्सबीचको खेल दिउँसोको २ः३० बजेदेखि सुरु हुनेछ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । संकटा र चर्च ब्वाइजबीचको खेल पनि दिउँसोको २ः३० बजेदेखि सुरु हुनेछ ।
संकटा दोस्रो जितको खोजीमा हुनेछ भने संकटा तीन खेलबाट चार अंक जोडेर आठौँ स्थानमा रहेको छ । चर्च ब्वाइज आप्नो लगातार चौथो जितको खोजीमा हुनेछ भने चर्च ब्वाइज तीन खेलबाट नौ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरि दशरथ रंगशालामै हुने अर्को खेलमा मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबको खेल बेलुकाको ५ः३० बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रिया