फिफा विश्व कप फुटबलमा आज मंगलबार अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् ।आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएको मोरक्कोले त्यसपछि बेल्जियम र क्यानडालाई समान २–१ ले पराजित गरेर समूह विजेता बन्दै स्पेनसँगको भेट पक्का गरेको थियो । टोली त्यही जितको लक्ष्यमा मैदान उत्रनेछ ।
आफ्नो समूहमा उपविजेता बनेको स्पेन पनि मोरक्कोलाई हराएर अन्तिम आठमा पुग्न दाउमा रहेको छ । स्पेनले पहिलाे खेलमा काेस्टा रिकालाई ७–० ले पराजित गर्दै सुखद् सुरुवात गरेकाे थियाे । दाेस्राे खेलमा जर्मनीसँग १–१ गाेलकाे बराबरी खेलेकाे स्पेनले अन्तिम खेलमा जापानसँग २–१ पराजित भएकाे थियाे ।
आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो ।
नकआउट चरण स्थान बनाउने क्रममा पाेर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई ३–२ ले पराजित गरेको थियो।भने दोस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गरेको थियो।आफ्नो अन्तिम तेस्रो खेलमा दक्षिण काेरियासँग २–१ ले पराजित भएकाे थियाे ।
यता स्वीट्जरल्यान्डले आफ्नो पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गरेको थियो।भने दोस्रो खेलमा सर्वियालाई ३–२ ले पराजित गर्दा ब्राजिलसँग १–० ले पराजित भएकाे थयाे ।
योसँगै क्वाटरफाइनलमा अब ब्राजिल र दक्षिण कोरिया, अर्जेन्टिना र नेदरल्यान्ड्स तथा इङ्ल्यान्ड र फ्रान्स खेल्ने तय भइसकेको छ ।
प्रतिक्रिया