हालान्ड घुँडाको चोटले गर्दा सात हप्तासम्म बाहिरिए - Khel Sarokar

हालान्ड घुँडाको चोटले गर्दा सात हप्तासम्म बाहिरिए

Khel Sarokar

खेल सरोकार

हालान्ड घुँडाको चोटले गर्दा सात हप्तासम्म बाहिरिए

म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले एफए कपको क्वाटरफाइनलमा चोट लागेपछि करिब ७ हप्तासम्म मैदानबाट टाढिनु पर्ने देखिएको छ।

सिटीका प्रबन्धक पेप गार्दियोलाले उनको घुँडा मुनि चोट गम्भीर रहेको बताउँदै उपचार अवधि लामो हुने जनाएका छन्। उनको चोटको अवस्था गम्भीर देखिएकाले उपचारको निम्ति उनी नार्वे फर्किने समाचार छन्।

प्रबन्धक गार्दियोलालाई मुख्य खेलाडीहरूको चोटले गर्दा धेरै समस्याको सामना गर्नुपरेको छ। उनको टोली प्रिमियर लिगमा पाँचौं स्थानमा छ, र च्याम्पियन्स लिगको स्थानका लागि चेल्सी भन्दा केवल एक अंक पछि छ। सिटीले च्याम्पियन्स लिगको स्थानका लागि अझै पनि चेल्सीसँग कडा प्रतिस्पर्धा गरिरहेको छ।

प्रतिक्रिया