केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको पहिलो खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिग क्लब नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लबबीच भिडन्त हुदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट सुरू भएको उद्घाटन खेल अघि सांस्कृतिक कार्यक्रम भएको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सो प्रतियोगिता फागुन ११ गतेदेखि १७ गतेसम्म चल्ने छ ।प्रतियोगितामा ए डिभिजन लिगका ७ वटा र एक आयोजक टोली केपी ओली एफसी गरी ८ वटा टिमबीच प्रतिष्पर्धा हुनेछ ।
सुरुका ४ वटा नकआउट म्याच गरि पछि विजेता हुँदै सेमिफाइनलमा पुगेका टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ । नकआउट चरणको खेल हेर्न दर्शकलाई कुनै शुल्क नलाग्ने युवा संघका महासचिव एवम् प्रतियोगिताका संयोजकले जनाएका छन् । फागुन १७ गते हुने फाइनल खेल हेर्नका लागि दर्शकले टिकटको ३०० रुपैयाँ तिर्नुपर्ने छ।
प्रतियोगितामा विजेता हुने टोलीलाई उपाधिसहित नगद रु १० लाख, उपविजेता हुने टोलीलाई रु ५ लाख नगद पुरस्कार दिइने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई रु ५० हजार र हरेक खेलको विजेता टोलीलाई रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया