शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबारदेखि तेस्रो चरणका खेलहरु हुँदैछन्।
लिगको तेस्रो चरण अन्तर्गत आज शुक्रबार दुई खेल हुनेछन्। एक खेल दशरथ रंगशाला र अर्को एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।
एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। खुमलटार र थ्री स्टारबीचको खेल दिउँसोको २ः३० बजेदेखि सुरु हुनेछ।
त्यस्तै, दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टिमबीचको खेल साँझको ५ः३० बजेदेखि सुरु हुनेछ।
प्रतिक्रिया