सहिद स्मारक लिग ए डिभिजन अन्तर्गत खुमलटारले हिमालयन शेर्पालाई आज सोमबार भएको खेलमा २–१ गोलको अन्तरले हराएको छ । च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि मनीष थापा र स्टेफन समीरले एक।एक गोल गरेका हुन् ।
मनीषले २२ औं मिनेटमा गोल गरेपछि समीरले ६५ औं मिनेटमा अर्को गोल गरेका थिए ।
त्यस्तै हिमालयनका लागि विश्वास श्रेष्ठले एक गोल गरेका थिए। विश्वास श्रेष्ठले यो गोल ८० औं मिनेटमा गरेका थिए।
यो जितपछि खुमलटारको चार खेलबाट ६ अंक भएको छ र चौथो स्थानमा आउन सफल भयो। हिमालयन शेर्पा भने चार अंकमै सीमित रहेको छ र दसौं स्थानमा पुगेको छ ।
प्रतिक्रिया