एन्फा नेपाली फुट्बललाई राजनिती हैन फुट्बलमा निती चाहियो!
आर्थिक अभाबले गर्दा बाँकी रहेका बि र सि डिभिजन लिग हुने वा नहुने सम्भाबना बढ्दै जानु सरकार र एन्फाको लागि ठूलो र नौलो कुरा नहोला तर नेपाली फुटबल र फुटबलमा भविष्य मानेर दिनरात दुख गर्ने खेलाडीहरुको लागि भने ति सपनाहरु खरानी हुनु सरह हो ।
एन्फा र सरकारले नेपाली फुटबलमा सुधार गर्न आवश्यक छ र नेपाली फुटबलको भविष्यको बारेमा चिन्ता गर्नु अत्यन्त आवश्यक छ।
नेपाली फुटबलमा राजनितिक हस्तक्षेप नभएको होइन। राजनितिक दलहरुले फुटबल संघ र टोलीको निर्णयमा बाधा लगाउने गरी खेलमा असर पार्ने क्रम जारी रहेको छ। त्यस्ता निर्णयहीनताको परिणाम टोलीको खेलकुदमा निराशाजनक हुन अउछ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग ०७९/८० मुख्य प्रायोजनबिना भइरहेको छ । एन्फाले मुख्य प्रायोजकका लागि २ करोडको टेन्डर आह्वान गरेको थियो । भारतीय कम्पनी हन्डे ट स्पोर्टस्ले एक करोड ५० लाखमा प्रस्ताव राख्दा एन्फाले रद्द गरेको थियो ।
एन्फाले सहीद स्मारक ए, बी र सी डिभिजन सञ्चालन गर्न विश्व फुटबल महासंघ (फिफा) र एसियन फुटबल महासंघ (एएफसी) सँग बजेट माग गर्ने निर्णय गरेको छ । एन्फाको आकस्मिक बसेको कार्यसमिति बैठकले शुक्रबार सम्पन्न भएको थ्री नेसन्स कपको पुरस्कार नै हजार पाँच सय अमेरिकी डलर र पुरस्कारका
सबै रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग माग गर्ने निर्णय भएको छ ।
त्यस्तै, राखेपसँग एन्फाले ए, बी र सी डिभिजन लिगको अपुग हुन आउने बजेट राखेपसँग माग गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया