भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।
२६ वर्षीय चेन्चो हाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्नका लागि कामठमाडौं आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्र एफसीले सम्झौता गरिसकेको छ । स्रोतका अनुसार दुवै पक्षले लिग खेल्नका लागि सम्झौता गरिसकेका छन्।
चेन्चोको टिम भुटान प्रधानमन्त्री कपको फाइनलबाट बाहिरिसकेको छ ।
इन्डियन सुपर लिग आईएसएल र आई लिग समेत खेलिसकेका चेन्चोले पहिलो पटक नेपालमा लिग खेल्न लागेका हुन् । चेन्चोलाई भुटानी समर्थकले रोनाल्डोसँग तुलना गर्छन् ।
केही समयअघि सम्पन्न आई लिगमा चेन्चो र नेपाली टीमका कप्तान किरण कुमार लिम्बुले राउण्ड ग्लास पञ्जावबाट सँगै खेलेका थिए ।
ए डिभिजन लिगको सुरुवाती पाँच चरणको खेल सम्पन्न भइसकेको छ । साविक विजेता मछिन्द्रले जम्मा एक खेल मात्र जितेको छ र ५ खेलबाट ५ अंकसहित ११औं स्थानमा रहेको छ ।
ए डिभिजन लिगको छैटौं चरणका खेलहरु चैत २० गतेदेखि सुरु हुदैछ ।
प्रतिक्रिया