भिन्सेन्जो अल्बर्टो एनेसे (जन्म २२सेप्टेम्बर १९८४) एक इटालियन फुटबल प्रबन्धक/हेड कोच र पूर्व खेलाडी हुन्। उनी हाल नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हुन् ।आफ्नो कोचिङ करियर इटाली सुरु गरेका उनले लाटभिया, घाना, वेस्ट बैंक, इन्डोनेसिया, बेलीज, कोसोभो र भारतमा प्रशिक्षक रुपमा काम गर्दै फुटबल व्यवस्थापन गरेका छन्। उनले गोकुलम केरलासँगप्रसिक्चक प्रशिक्षक भएर लगातार आई-लिग उपाधि जितेका थिए।
एनेसे आफ्नो बुबाको पाइला पछ्याउन चाहन्थे र फुटबलमा आफ्नो नाम बनाउन चाहन्थे, उनका बुबा मोल्फेटा स्पोर्टिभाका पूर्व फुटबल खेलाडी हुन् | उनि सुरुवातमा ओस बेलेनेन्सेस युवा टोलीमा सामेल भएका थिए। एनेसेले भेनेजिया युवा टोलीको लागि मिडफिल्डरको रूपमा आफ्नो फुटबल करियर सुरु गरेका हुन्। छोटो खेलको क्यारियर पछि, एनेसले आफ्नो ध्यान कोचिङमा सार्दै, उनले भेरोना विश्वविद्यालयमा खेल सम्बन्धित आफ्नो पढाई पुरा गरे।
एनेसेले २०१० मा फिडेलिस एन्ड्रिया (Fidelis Andria) युवा टोलीमा आफ्नो व्यावसायिक कोचिंग क्यारियर सुरु गरेका हुन् । २०१५ देखि २०१६ सम्म, उनी विभिन्न युवा अन्तर्राष्ट्रिय स्तरहरूमा आर्मेनियासँग प्राविधिक प्रशिक्षकको रुपमा कार्यरत थिए।
जनवरी २०१७ मा, एनेसे २०१७ सिजनको लागि घानायन प्रिमियर लिग क्लब बेचेम युनाइटेडमा मुख्य प्रशिक्षकको रूपमा सामेल भएका थिए । उनको नेतृत्वमा क्लब २०१७ घाना सुपर कप उपविजेता भयो।
२५ जुलाई २०१७ मा, एनेसे मुख्य प्रशिक्षकको रूपमा एक वर्षको सम्झौतामा वेस्ट बैंक प्रिमियर लिग क्लब अहली अल-खलीलमा आबद्ध भए। उनले २०१६-१७ प्यालेस्टाइन कप र २०१७ वेस्ट बैंक सुपर कपको फाइनलमा क्लबलाई नेतृत्व गरेका थिए।
१९अगस्त २०२० मा, एनेसे I-Leg Club गोकुलम केरलामा सामेल भएका थिए । उनको नेतृत्वमा, क्लबले २०२०-२१ सिजनमा आफ्नो पहिलो आई-लिग उपाधि जित्यो र २०२०एएफसी कप समूह चरणको लागि योग्य भयो। एनेसेले २१ खेलको सबैभन्दा लामो अपराजित यात्राको साथ आई-लिगमा इतिहास रचेका थिए।
उनको नेतृत्वमा गोकुलम केरलाले २०२१–२२ आई-लीग उपाधि जित्यो, लगातार आई-लीग उपाधि जित्ने पहिलो क्लब बनेको थियो। सोहि उपलब्धिले गर्दा उनले २०२१–२२ को आई-लीग उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे।
अब्दुल्लाह अलमुतैरीको राजीनामा र महिनौंदेखि पद रिक्त भएपछि अखिल नेपाल फुटबल संघले १ मार्च २०२३ मा उनलाई नेपालको मुख्य प्रशिक्षकको रूपमा घोषणा गरेको हो । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले अनुसार एनेसेले नेपालसँग एक वर्षको सम्झौता गरेको छन् । एन्फाले मुख्य प्रशिक्षक पदका लागि जम्मा १६८ जनाको आवेदन दिएका थिए । एन्फा छनोट समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो ।
एन्फाको वेबसाइट अनुसार एन्फाको कार्यकारी समितिको बैठक अनुसार UEFA Pro License certificate भएका एनेसे लाई नियुक्त गरेको निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया