केपी ओली कप : न्युरोड टिम एनआरटीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा - Khel Sarokar

केपी ओली कप : न्युरोड टिम एनआरटीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

Khel Sarokar

खेल सरोकार

केपी ओली कप : न्युरोड टिम एनआरटीलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

 

 केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गर्न सफल भएको छ । शुक्रबार न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोलको अन्तरले हराउँदै आर्मी अन्तिम चारमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको निर्धारित ९० मिनेट मा १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । 

 त्रिभुवन आर्मी क्लबका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरेका थिए । न्युरोड टिम एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरेका थिए तर स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले रोकेक थिए ।

त्रिभुवन आर्मी क्लबले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ । आजको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगितामा विजेता हुने टोलीलाई उपाधिसहित नगद रु १० लाख, उपविजेता हुने टोलीलाई रु ५ लाख नगद पुरस्कार दिइने छ । त्यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई रु १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई रु ५० हजार र हरेक खेलको विजेता टोलीलाई रु २५ हजार तथा प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’लाई रु १५ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतिक्रिया