अर्जेन्टिना र पेरिस सेन्ट जर्मेनका फरवार्ड लियोनल मेस्सी २०२२ को उत्कृष्ट फिफा अवार्डमा वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । ३५ वर्षिय खेलाडीले फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे र करिम बेन्जेमालाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए र २०२१-२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए।
बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् ।
दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने: "यो अचम्मको कुरा हो। यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो। मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ।
प्रतिक्रिया