स्पेनलाई मोरोक्कोको चुनौती - Khel Sarokar

स्पेनलाई मोरोक्कोको चुनौती

Khel Sarokar

खेल सरोकार

स्पेनलाई मोरोक्कोको चुनौती

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (मंगलबार) राउण्ड अफ १६ का अन्तिम दुई खेलहरु हुँदैछन् ।

आज हुने राउण्ड अफ १६ को अन्तिम दुई खेलपछि अन्तिम आठमा पुग्ने ८ वटै राष्ट्रको टुङ्गो लाग्ने छ ।

आजको पहिलो खेलमा मोरोक्को र स्पेनबिच प्रतिस्पर्धा हुनेछ । एजुकेशन सिटी स्टेडियममा हुने यो खेल नेपाली समयानुसार राति ८:४५ बाट शुरु हुनेछ ।

एक अर्काबिरुद्ध मैदानमा उत्रिदै गर्दा आज दुवै टोली जितसहित प्रतियोगिताको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्ने दाउमा हुनेछन् ।

मोरक्कोले समूह एफको विजेता तथा स्पेन समूह ईको उपविजेताको रुपमा प्रि(क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

दुई टोलीबिच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ ।

यी दुई टोलीबिचको पहिलो भेट सन् १९६२ मा फिफा विश्वकप छनौटमा भएको थियो ।

तीन मध्ये दुई खेल स्पेनले जित्दा एक खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया