बुधबार विवादबीच बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक विन्सेन्जो अल्बर्टो एनीसलाई नियुक्त गरेको छ ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बाहिरिएपछि एन्फा मुख्य प्रशिक्षकको लागि दर्खास्त आव्हान गरेको थियो । दर्खास्त आव्हान पश्चात् एन्फाले आवेदन दिएर सर्टलिस्टमा परेका प्रशिक्षकलाई अन्तरवार्ताका लागि भौतिक रुपमा उपस्थित भएका एक मात्र मुख्य प्रशिक्षक विन्सेन्जो अल्बर्टो एनीसलाई नियुक्त गरेको हो ।
एन्फा पदपूर्ति समितिले सिफारिस गरेनुसार वितीय निर्देशकमा संजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा ईटालियन नागरिक एनीस नियुक्ति गरेको जनाएको छ ।
बिहान ८ बजे बोलाइएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला सुरु भए पनि विवादित बनेको थियो। एन्फाको संस्थापन पक्षले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो। तर दुई उपाध्यक्षसहित ५ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्त गर्नुपर्ने एजेण्डामा राख्न माग गरेका थिए। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले आफूले संघको विधानको धारा ३९ ९३० बमोजिम एजेण्डा थप्न नसक्ने बताएपछि बहुमत कार्यसमितिले बैठक बहिस्कार गरेका थिए।
प्रतिक्रिया