मनाङ मर्स्याङ्दी क्लब नेपालको 'क' श्रेणीको फुटबल क्लब हो । यस फुटबल सबैभन्दा धेरै पटक नेपालको राष्ट्रिय लिग जित्ने एकमात्र फुटबल क्लब हो। जसले हालसम्म ७ पटक शहिद स्मारक ए-डिभिजन लिग जितेको छ । भने अन्तिम पटक २०१४ मा राष्ट्रिय लिग जितेको थियो । सन् १९८६ १९८७, १९८९ २०००, २००३, २००६, २०१४ गरी सात पटक सम्म राष्ट्रिय लिग जितेको यस क्लबले सन् २०१३ सालमा अन्तर्राष्ट्रिय उपाधिका रूपमा किङस् कप जित्न सफल भएको थियो ।
मनाङ मर्स्याङदी क्लब जसलाई नेपालीरियल म्याड्रिड भनेर समेत चिनिन्छ । भने यस फुटबल क्लबको राष्ट्रिय लिग तथा अन्य जुनसुकै सानो ठूलो फुटबल प्रतियोगितामा प्रमुख प्रतिद्वन्दीका रूपमा सुरुमा रानीपोखरी कर्नर टिम (आरसीटि) र न्युरोड टिम (एन.आर.टि)आएको थियो भने पछिलो पटक नेपालकै अर्को उत्कृष्ट क्लब थ्री स्टार क्लब र नेपाल पुलिस क्लब लिईन्छ। साथै अन्य नेपाली फुटबल टिमहरूलाई पनि यस टिमको प्रतिद्वन्द्वी मानिन्छ ।
के तपाई यस टोलीको अध्यक्ष/सचिव/प्रबन्धक/सदस्य/कोच/अधिकारी हुनुहुन्छ? तपाईं आफ्नो टोली बारे थप जानकारी यहाँ प्रकाशित गर्न चाहनुहुन्छ? हामी तपाईंलाई मद्दत गर्न यहाँ छौं।
कृपया हामीलाई Facebook पृष्ठमा सम्पर्क गर्नुहोस् वा +९७७-९८४३२७६४७० मा कल गर्नुहोस् र आफ्नो टोलीको जानकारी र खेलाडीहरूको प्रोफाइल कसरी व्यवस्थापन गर्नुहोस
सम्पर्क गर्नुहोस